सिन्धुली । अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कमलामाई नगरपालिका-९ चोरखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम १ सय ५ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा गाउँपालिका(३ बस्ने ३६ वर्षीय लाल बाबु यादव र ४२ वर्षीय धन बहादुर श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले सिराहाबाट खोटाङ हलेसीतर्फ जाँदै गरेको प्रदेश २-०१-००२ प ९९३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ