सिन्धुली । अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कमलामाई नगरपालिका-९ चोरखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १० ग्राम १ सय ५ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा गाउँपालिका(३ बस्ने ३६ वर्षीय लाल बाबु यादव र ४२ वर्षीय धन बहादुर श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले सिराहाबाट खोटाङ हलेसीतर्फ जाँदै गरेको प्रदेश २-०१-००२ प ९९३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ