काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।
बैठकमा आज पनि नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरेका छन् ।
शनिबार बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको समस्या, नेतृत्वको विकल्प र पार्टी निर्माणबारे लिखित प्रस्ताव नै पेस गरेका थिए । त्यस्तै, अर्का उपमहासचिव वर्षमान पुनले पनि नीति र नेतृत्व सम्बन्धमा खुलेर बहस गरेका थिए ।
आइतबार बसेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नीति र नेतृत्वको विषयमा सैद्धान्तिक बहस गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । यस्तै विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा छलफल भइरहेको सापकोटाले जानकारी दिए ।
उनका अनुसार केही सदस्यले नियमित महाधिवेशन मिति आउन लागेकाले विशेष महाधिवेशनको आवश्यकता नभएको विचार राखेका थिए । तर केहीले भने विशेष महाधिवेशन गरी सांगठनिक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । यो विषय पनि अब केन्द्रीय समितिले नै टुङ्ग्याउने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ साउन २०८१, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन