काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशसचिव विक्रम मिश्रीले भेटवार्ता गरेका छन्।
अध्यक्ष ‘प्रचण्ड’ र भारतीय विदेशसचिव मिश्रीबीच ‘प्रचण्ड’निवास खुमलटारमा भेटवार्ता भएको हो।
भेटमा दुई देशबीचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्त्वपूर्ण छलफल भएको ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौँ उत्रिएका मिश्रीले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओलीसँग पनि भेटवार्ता गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा चुनावका लागि महोत्तरी-४ बाट ‘प्रचण्ड’को नाम सिफारिस
प्रचण्डको सचिवालयले भन्यो– 'रास्वपासँग चुनावी सहकार्यका विषयमा कुनै कुराकानी भएको छैन'
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड