काठमाडौं । भरुवा बन्दुकसहित झापामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापाको अर्जुनधारा नगरपालिका-४ का १९ वर्षीय आदित्य लिम्बु, सोही ठाउँका २२ वर्षीय छिरिङ तामाङ र सोही ठाउँका २१ वर्षीय निखिल तामाङ छन् ।
यो समूहले गत शुक्रबार राति १० बजेतिर अर्जुनधारा नगरपालिका-७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरेको आरोप छ ।
चोरी पछि फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिबाट खटिएको टोलीले शनिबार राति साढे १० बजे पक्राउ गरेको हो । तामाङको घरमा लुकाएर रोखेको अवस्थामा भरुवा बन्दुक र खुकुरी बरामद गरिएको हो । भरुवा बन्दुक र खुकुरी उनीहरुले चोरी गर्दा प्रयोग गरेको पाइएको झापा प्रहरीका प्रवक्ता तथा डीएसपी कृष्ण चन्दले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ