काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी सरकार खोज्दै नहिँड्ने बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकारभन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिँड्ने बताएका हुन् । उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित रहने बताए ।
पार्टीभित्रका असन्तुष्टिहरुलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभइ जुटतिर केन्द्रित हुने स्पष्ट पारे । उनले माओवादीबाट अलग भएकाहरु छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकतावद्ध हुन लागेको जानकारी दिए ।
प्रचण्डले आफू नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफै मेची–काली अभियान सुरु गर्ने तयारीमा रहेको धारणा राखे । सरकारबाट बाहिरिएसँगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको उनले बताए । प्रचण्डले आफु नेतृत्वले धेरै राम्रा काम गर्न खोजेकाले प्रतिक्रियाबादीहरु डराएर सरकारबाट हटाएको टिप्पणी समेत गरे ।
त्यस्तै, उनले अहिलेको गठबन्धन डरमा आधारित, भ्रष्टाचारीलाई बचाउने र जनताप्रति प्रतिगमनको हतियार चलाउन उन्मुख रहेको आरोप लगाए । अहिले संविधान संशोधनको तयारी भइरहेको भन्दै उनले विभिन्न परिवर्तनबाट प्राप्त उपलव्धीलाई खोस्ने प्रयास गरे जनताले सफल हुन नदिने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डको सुझाव : 'संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौ'
जेनजी आन्दोलन विस्फोटक बन्नु सरकारको कुशासन र दमनको परिणाम : प्रचण्ड
चितवनमा प्रचण्डको घर जलाइयो
जेनजी युवाहरूको माग तत्काल पुरा गर्न सरकारसँग प्रचण्डको माग
प्रचण्डको पोस्टमा बालेनको कमेन्ट : 'एकादेशमा टिकटक पनि बन्द भएको थियो'
‘माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ’: प्रचण्ड