सुनसरी । सुनसरीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरले गएको एक वर्षमा लागुऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ ।
सुनसरीका पहाडी नाका र भारततर्फका नाकामा विशेष निगरानी गरिएकाले लागुऔषधसहित कारोबारमा संलग्न व्यक्ति पक्राउ पर्नेक्रम बढेको सशस्त्र प्रहरी बल नम्बर ४ हेडक्वार्टरका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले बताए ।
गत आर्थिक वर्षमा गाँजामात्र एक हजार एक सय तीन केजी नियन्त्रणमा लिएको थियो । त्यस्तै ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल २३ हजार सात सय एक थान, स्मास्पो प्रोभेक्सिभोन छ सय ९९ थान, नाइट्राजेपाम एक सय ८२ थान, डाइजिपाम २६ थान, बुप्रेनफिन २७ थान, लुपी/टिटी जेसिक ४० थान र डाइकोलिक दुई सय थान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त अवधिमा लागुऔषध ओसारपसारमा प्रयोग भएका दुईवटा एम्बुलेन्स, १२ वटा मोटरसाइकल र एउटा अटो पनि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
भारतसँग खुला सीमानाका भएका कारण अधिक रुपमा लागुऔषध ओसारपसार हुने गरेको छ । नेपालका पहाडी क्षेत्रबाट भारततर्फ गाँजा लैजाने क्रम बढेको पाइएको छ । लागुऔषधका कारोबारीले नेपालबाट भारततर्फ गाँजा लैजाने र अन्य लागुऔषध भारतबाट नेपालतर्फ ल्याउने गरेको सशस्त्र प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।
सप्तकोशी नदीको जलमार्ग र लागुऔषध ओसारपसार हुने क्षेत्रको रेखाङ्कन ती सबै ठाउँमा सुरक्षा व्यवस्थापन कडाइ गरिएको छ ।
सबैभन्दा धेरै लागुऔषध ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ सप्तकोशी नदीको जलमार्गमा सुरक्षा कडाइ गरिएको सुनसरी जिल्ला प्रमुख रामचन्द्र तिवारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ