काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय विभागको संख्या थपेर ७० पुर्याउने भएको छ । पार्टीको विधानमा ४८ वटा विभाग रहने व्यवस्था भए पनि विषयगत विभागहरू थप गर्दा ७० पुग्ने महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
कतिपय पुराना विभाग विभाजन गरिएको र कतिपय नयाँ थप गरिएको उनले बताए । सभापति शेरबहादुर देउवाले १२ जेठ २०८० मा प्रचार विभागमा मीन विश्वकर्मालाई तोकेदेखि सोमबारसम्म पाँच पटक गरी ५५ जना केन्द्रीय सदस्यलाई विभिन्न विभागको प्रमुख तोकेका छन् । अरु विभागका प्रमुख तोकिन बाँकी छन् ।
विधानतः बनेका विभागका लागि काम, कर्तव्य र अधिकार किटान गरिएको छ । नयाँ थपिएका विभागका हकमा भने उनीहरूको भूमिका स्पष्ट भएको छैन । महामन्त्री शर्माले केन्द्रीय कार्यालयले उनीहरूले गर्ने काम तोक्ने बताए ।
प्रत्येक विभागमा प्रमुखसहित ५१ जनासम्म सदस्य हुने व्यवस्था छ । महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था पार्टी विधानमा भए पनि साढे दुई वर्षसम्म गठन हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)