काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय विभागको संख्या थपेर ७० पुर्याउने भएको छ । पार्टीको विधानमा ४८ वटा विभाग रहने व्यवस्था भए पनि विषयगत विभागहरू थप गर्दा ७० पुग्ने महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
कतिपय पुराना विभाग विभाजन गरिएको र कतिपय नयाँ थप गरिएको उनले बताए । सभापति शेरबहादुर देउवाले १२ जेठ २०८० मा प्रचार विभागमा मीन विश्वकर्मालाई तोकेदेखि सोमबारसम्म पाँच पटक गरी ५५ जना केन्द्रीय सदस्यलाई विभिन्न विभागको प्रमुख तोकेका छन् । अरु विभागका प्रमुख तोकिन बाँकी छन् ।
विधानतः बनेका विभागका लागि काम, कर्तव्य र अधिकार किटान गरिएको छ । नयाँ थपिएका विभागका हकमा भने उनीहरूको भूमिका स्पष्ट भएको छैन । महामन्त्री शर्माले केन्द्रीय कार्यालयले उनीहरूले गर्ने काम तोक्ने बताए ।
प्रत्येक विभागमा प्रमुखसहित ५१ जनासम्म सदस्य हुने व्यवस्था छ । महाधिवेशन सकिएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था पार्टी विधानमा भए पनि साढे दुई वर्षसम्म गठन हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक