काठमाडौँ । गृह मन्त्री रमेश लेखकले आज बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) मा तीन दलबीच भएको सहमतिबारे ब्रिफिङ गरेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बूढानीलकण्ठमा बसेको बैठकमा तीन दलबीच भएको सहमतिबारे पार्टीका नेताहरूलाई जानकारी गराएका हुन् । काँग्रेसका नेता एवं गृहमन्त्री लेखक संयोजक रहेको कार्यदलले टीआरसी विधेयकलाई टुङ्ग्याएको थियो । कार्यदलमा माओवादीबाट जनार्दन शर्मा र नेकपा एमालेबाट महेश बर्तौला सहभागी थिए ।
तीन दलबीच सहमति जुटेसँगै यही अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा