काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
शनिबार बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर क्यानका पदाधिकारीले ओलीलाई भेटेका हुन् । भेटमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत सहभागी थिए ।
भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै सामाजिक सञ्जालमा 'एउटा गतिलो रंगशाला बनाउनु पर्यो' भन्ने सुझाव सबैभन्दा धेरै आएको र सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने भएको स्मरण गरेका छन् ।
ओली नेतृत्वको सरकारले कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने पहिलो निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ साउन २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यान नेतृत्वमाथि लागेको आरोपबारे स्पष्टीकरण माग्दै राखेपको पत्र
क्यानमाथि कारबाही प्रक्रिया अघि बढाउन राखेपलाई मन्त्रालयको निर्देशन
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने