काठमाडौँ। पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेकी छन् । श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत यो हस्तक्षेपले राजनीतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनुहुँदैन भन्ने अझै स्पष्ट भएको उनको टिप्पणी छ ।
उनले प्रधानमन्त्रीलाई विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो? भन्दै प्रश्न गरेकी छन् ।‘विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो । रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई ?’ उनको प्रश्न छ ।
सुमना थप लेख्छिन्, ‘त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ? यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रष्ट पार्छ ।’
पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावण १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो । विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो। रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षा विधेयकमा विद्यार्थीको मतलाई बेवास्ता गरियो : सुमना श्रेष्ठ
निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना श्रेष्ठ
शिक्षामा जुत्ता बेचेजस्तो मुनाफा गर्न हुँदैन : सुमना श्रेष्ठ
भारत-पाकिस्तान तनावग्रस्त क्षेत्रबाट नेपाली विद्यार्थी उद्धार गर्न माग
राज्य अधिनायकवाद तर्फ हिँडिरहेको भान भयो: सुमना श्रेष्ठ
रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा