काठमाडौ । नेकपा (एमाले) निकट विद्यार्थी संगठनले मेयर बालेन्द्र शाह र जेनजी अगुवा सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिएको विषयमा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएकी छन्।
उनले दलियकरण रोक्न कर्मचारी र शिक्षक संगठनसमेत खारेज गर्न, विद्यार्थी संगठनलाई सरकारका नियुक्ति वा ठेक्का जस्ता प्रशासनिक काममा नलानु र शिक्षालयमा तोडफोड गर्ने कार्यनै सह्य नहुने कुरा औँल्याएकी छन्।
श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा भनेकी छन्, 'यूनिफर्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई ! तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो! यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ! सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थीलाई विधार्थी रहन देउ!'
यस अघिल्लो दिन (भदौ २३–२४) जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, लुटपाट र आगजनीमा संलग्न रहेको दाबी गर्दै अखिल (एमाले निकट) का प्रतिनिधिले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ‘हाम्रो नेपाल/हामी नेपाल’ का संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा किटानी जाहेरी दायर गरेका थिए। प्रहरीले जाहेरी बुझेर सरकारी वकिलसँग छलफलपछि दर्ता गर्ने वा नगर्नेबारे २४ घण्टाभित्र निर्णय लिने बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असोज २०८२, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भगवान कोइराला, सुमना श्रेष्ठ र सन्दुक रुइतले मन्त्री खान मानेनन्, महाबीर भने मन्त्री बन्ने
सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
सत्ता होइन सेवा सोचौं: सुमना श्रेष्ठ
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
शिक्षा विधेयकमा विद्यार्थीको मतलाई बेवास्ता गरियो : सुमना श्रेष्ठ
निजामती विधेयकमा कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खोजे : सुमना श्रेष्ठ