विध्वंसमा संलग्नहरुलाई पक्राउ गरेकोमा सुमनाको असन्तुष्टि

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०८२, १५ : १५
विध्वंसमा संलग्नहरुलाई पक्राउ गरेकोमा सुमनाको असन्तुष्टि

काठमाडौँ । जेन जेड आन्दोलनमा आगजनी गर्न उक्साउनेदेखि सुशीला कार्की नेतृत्वको अन्तरिम गठनमा निर्णायक भूमिका खेलेकी रास्वपाकी तत्कालीन सांसद सुमना श्रेष्ठले सरकारको नियतमाथि नै प्रश्न उठाउँदै लामो वक्तव्य दिएकी छन् ।

हाल रास्वपा त्यागेकी पूर्व मन्त्री श्रेष्ठले प्रहरीले जेन जेड आन्दोलनमा संलग्नहरुमाथि बदलाको भावनाले कारवाही अघि बढाएको आरोप समेत लगाएकी छन् ।

प्रहरीले भदौ २४ गते सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड,लुटपाट तथा आगजनीमा संलग्न र हतियार लुट्नेहरुको खोजी गरेर मुद्दा चलाइरहेकोमा सुमनाले आपत्ति जनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस