काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ बुँदे मापदण्ड तय गरेर आफनो क्याबिनेट मन्त्री विस्तार गर्ने प्रयास गरिरहेकी छिन् । तर उनले आफनो क्याबिनेटमा ल्याउन खोजेका केही ब्यक्तिहरुले भने अहिले आफुहरु मन्त्री नबन्ने तर सहयोग गर्ने बचन दिएर सुशीला कार्कीलाई फर्काएका छन् ।
कार्कीले डा. भगवान कोइराला, राष्टिय स्वतन्त्र पार्टी छोडेकी सुमना श्रेष्ठ र सन्दुक रुइतलाई मन्त्री बनाउन चाहेकी थिइन् । तर यी तीनै जनाले मन्त्री बन्न अश्वीकार गरिदिएका छन् ।
अहिले हामी जे अवस्थामा छौं, त्यही अवस्थामा छोडिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छौं । हामी जहाँ छौं, त्यही गर्नुपर्ने धेरै काम छ, हामीलाई अहिले यता नबोलाउनुस भनेर प्रधानमन्त्रीलाई भनेका छौं, कार्कीले मन्त्री बन्न गरेको प्रस्ताव अश्वीकार गरेका डा. सन्दुक रुइतले भने, तर प्रधानमन्त्रीलाई गर्नुपर्ने अन्य सबै सहयोग गछौं भनेका छौं ।
सुमनाले अझै पनि मन्त्रीमा सहमति जनाई आएमा उनलाई परराष्ट र विज्ञान प्रविधि छुटटाएर शिक्षा पनि त्यही मिलाएर दिने तयारी प्रधानमन्त्री कार्कीको छ । तर सुमनाले बाहिरैबाट सहयोग गर्ने बताईरहेकी कारण कार्कीले निर्णय लिन सकिरहेकी छैनन ।
भगवान कोइराला र सन्दुक रुइतले मन्त्री नबन्ने बताएपनि सुमनालाई भने अझै पनि प्रधानमन्त्री कार्कीले जोडबल गरिरहेकी छिन् । उनलाई परराष्टमन्त्री बनेर आफुलाई सहयोग गर्न प्रधानमन्त्री कार्कीले आग्रह् गरिरहेकी छिन् ।
भदौं २९ मा उनले कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई भने मन्त्री बनाईसकेकी छिन् । अन्य मन्त्रीहरु टुंग्गो लाग्न सकेको छैन । मन्त्री छनौटमा अहिले क्याबिनेटमा रहेका प्रधानमन्त्री कार्कीसहितका अन्य तीन मन्त्रीले दिनहुँ छलफल गरिरहेका छन् । यसमा सबैभन्दा बढी ओमप्रकाश अर्यालले कार्कीलाई सहयोग गरिरहेका छन् ।
कार्की क्याबिनेटमा महाबीर पुनले भने मन्त्री बन्ने बचन दिएका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक रहेका पुन नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउने पहलका लागि प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका ब्यक्ति हुन् । उनलाई विज्ञान प्रविधिसहितको मन्त्रालय दिने तयारी भएको छ । यधपी शिक्षा मन्त्रालय पनि अहिले सँगै रहेपनि यसबारेमा भने छलफल बाकी नै रहेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।
सुमनाले अझै पनि मन्त्रीमा सहमति जनाई आएमा उनलाई परराष्ट र विज्ञान प्रविधि छुटटाएर शिक्षा पनि त्यही मिलाएर दिने तयारी प्रधानमन्त्री कार्कीको छ । तर सुमनाले बाहिरैबाट सहयोग गर्ने बताईरहेकी कारण कार्कीले निर्णय लिन सकिरहेकी छैनन । पुनलाई भने अब मन्त्री बनाउने निश्कर्षमा प्रधानमन्त्री कार्की पुगिसकेकी छिन् । भगवान र सन्दुकले भने एकपटक आग्रह गर्दा अश्वीकार गरेपछि कार्कीले फेरि दोहोराएर कुरा नगरेको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, १० : ०४
लेखकबाट थप