काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले काठमाडौंका नदी-खाेलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई अब थप प्रभावकारी बनाइने बताएका छन् ।
अबदेखि तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने उनले बुधवार सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका हुन् ।
यस मापदण्डलाई पालना नगरे महानगरले उचित कदम चाल्ने बालेनले चेतावनीसमेत दिएका छन् ।
काठमाडौं उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनाराको कम्तीमा २० मिटर र अन्य खोला किनाराको कम्तीमा ४ देखि १२ मिटरभित्रको जग्गालाई सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै उनले उक्त क्षेत्र खाली गराउने चेतावनी दिएका हुन् ।
‘अब तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई थप प्रभावकारी बनाइने छ । तटीय क्षेत्रको थप २० मिटरमा पनि सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति मिल्ने छैन,’ उनले फेसबूकमा लेखेका छन्, ‘तसर्थ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ ।’
बालेनले सर्वोच्च अदालतले पनि थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै तत्कालदेखि कार्यान्वयन गर्नुको विकल्प नरहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ साउन २०८१, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
बालेन र सुदनविरुद्ध देशैभरि जाहेरी दिने अखिलको तयारी
आन्दोलनकारीको अवरोधले सिंहदरवारमा तत्काल दमकल पुर्याउन नसकिएको बालेनको प्रष्टीकरण
'अनफलो बालेन' ट्रेन्ड शुरु।
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन
बालेनले हर्कलाई भने– तिमीलाई माया गर्न छाड्दिनँ