काठमाडौँ । बागमती प्रदेश सभाको बुधबार बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
उक्त बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । विभिन्न समितिमा सदस्य हेरफेर गरिएको प्रस्तावसमेत् उक्त बैठकले अनुमोदन गरेको छ ।
प्रदेश मामिला समितिमा मुख्यमन्त्री बहादुर सिंह लामा, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ सदस्यमा थपिएका छन् ।
त्यसै गरी सार्वजनिक लेखा समितिमा निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र निवर्तमान वन तथा वातावरण मन्त्री केशव पोखरेल र स्वास्थ्य तथा कृषि र शिक्षा समितिमा निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तान समावेश भएका छन् ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि आजको बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने