काठमाडौँ । बागमती प्रदेश सभाको बुधबार बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
उक्त बैठकमा सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । विभिन्न समितिमा सदस्य हेरफेर गरिएको प्रस्तावसमेत् उक्त बैठकले अनुमोदन गरेको छ ।
प्रदेश मामिला समितिमा मुख्यमन्त्री बहादुर सिंह लामा, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ सदस्यमा थपिएका छन् ।
त्यसै गरी सार्वजनिक लेखा समितिमा निवर्तमान भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र निवर्तमान वन तथा वातावरण मन्त्री केशव पोखरेल र स्वास्थ्य तथा कृषि र शिक्षा समितिमा निवर्तमान सामाजिक विकासमन्त्री कुमारी मोक्तान समावेश भएका छन् ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि आजको बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा
बागमती प्रदेशमा धान उत्पादन वृद्धि