काठमाडौँ । सभामुख देवराज घिमिरेले विचाराधीन विधेयकको विषयमा संसदीय समितिका सभापतिहरूसँग छलफल गरेका छन् । संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले सभापतिहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गरेका हुन् ।
संसद प्रभावकारी बनाउन संसदीय समितिको सक्रियतामा निर्भर रहने बताउँदै उनले संसदीय समितिको सक्रियता सभापतिको भूमिकामा निर्भर हुने बताए ।
उनले भने, ‘अहिले संसदमा विधेयक छैन । त्यो भनेको खास बिजनेस छैन । बिजनेस नभएपछि संसद चलाउन सकिँदैन । संसद्लाई बिजनेस दिने वातावरण तयार गर्नुहोस् । समिति सञ्चालनका लागि आवश्यक पूर्वाधार, व्यवस्थापकीय सहयोग गर्न संसद सचिवालय तयार छ । समितिमा विचाराधीन रहेका विधेयकहरू टुंगोमा लगाउन विशेष तदारुकता देखाउनुहोस् ।’
छलफलमा सभापतिहरूले तीन दिन संसद, तीन दिन समितिको बैठक सञ्चालन गर्ने पूर्वनिर्णय प्रभावकारी हुन नसकेको काँग्रेस सांसद रामहरि खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे