काठमाडौँ । सभामुख देवराज घिमिरेले विचाराधीन विधेयकको विषयमा संसदीय समितिका सभापतिहरूसँग छलफल गरेका छन् । संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले सभापतिहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गरेका हुन् ।
संसद प्रभावकारी बनाउन संसदीय समितिको सक्रियतामा निर्भर रहने बताउँदै उनले संसदीय समितिको सक्रियता सभापतिको भूमिकामा निर्भर हुने बताए ।
उनले भने, ‘अहिले संसदमा विधेयक छैन । त्यो भनेको खास बिजनेस छैन । बिजनेस नभएपछि संसद चलाउन सकिँदैन । संसद्लाई बिजनेस दिने वातावरण तयार गर्नुहोस् । समिति सञ्चालनका लागि आवश्यक पूर्वाधार, व्यवस्थापकीय सहयोग गर्न संसद सचिवालय तयार छ । समितिमा विचाराधीन रहेका विधेयकहरू टुंगोमा लगाउन विशेष तदारुकता देखाउनुहोस् ।’
छलफलमा सभापतिहरूले तीन दिन संसद, तीन दिन समितिको बैठक सञ्चालन गर्ने पूर्वनिर्णय प्रभावकारी हुन नसकेको काँग्रेस सांसद रामहरि खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ : सभामुख
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्