लमजुङ । पहिरो खसेपछि बेँसीसहर–चामे सडक आज बिहानदेखि फेरि अवरुद्ध भएको छ।
गए रातिदेखि परेको निरन्तरको वर्षाले यस सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार केही वर्षअघि पनि पटकपटक पहिरो खसेको स्थानमा आज बिहान फेरि पहिरो खसेको हो।
पहिरो खसेको स्थानभन्दा मुनि मस्र्याङ्दी नदी छ। भौगोलिक रुपमा पहिरो खसेको ठाउँ अत्यन्तै जोखिमपूर्ण छ।
सडक अवरुद्ध हुँदा मनाङ र लमजुङको उत्तरी क्षेत्रका स्थानीयलाई समस्या भएको छ। बेँसीसहर चाँमे सडक वर्षात् सुरु भएपछि पटकपटक अवरुद्ध हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ साउन २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला