काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले गरेका प्रश्नको जवाफमा उनले सो कुरा बताएका हुन् ।
मन्त्री पौडेलले अहिलेकै नीति, नियमले भित्र बीमा धेरै व्यवस्थित हुन नसकेकाले सरकारले त्यसलाई प्रभावकारी बनाउनका लागि बिमा समिति र सम्बन्धित पक्षसँग छलफल गरिरहेको पनि जानकारी दिए । स्वास्थ्य उपचारमा सहज बनाउनका लागि आम नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा समेट्नका लागि सरकारले अध्ययन गर्न छुट्टै समिति बनाउने तयारी पनि गरिरहेको मन्त्री पौडेलको भनाई थियो ।
उनले भने, ‘अहिलेकै नीति, नियम भित्र बीमा धेरै व्यवस्थित हुने स्थिति छैन । त्यसैले बीमा सम्बन्धी ऐन परिवर्तन गर्ने, नीति, नियम परिवर्तन गर्ने, यसलाई थप व्यवस्थित बनाउन जरुरी छ । खासगरी यसको दायरा फराकिलो बनाउने, सङ्गठित क्षेत्र सबैलाई बिमासँग आबद्ध गर्ने, त्यसको स्रोत सुनिश्चित गर्नका लागि सरकारले अरू थप पक्षलाई कसरी जोड्न सकिन्छ रु त्यसको निम्ति गृहकार्य भइरहेको छ ।’
मन्त्री पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन पनि सरकार लागि परेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड
सबै गरेँ भन्दिनँ तर केही बिगारेको छैन : प्रदीप पौडेल
‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल
महाधिवेशनविना निर्वाचनमा गए काँग्रेसको सर्मनाक हार हुन्छ : प्रदीप पौडेल
प्रदेश सरकारमा तीन मन्त्री भए पुग्छ: प्रदीप पौडेल
डिजी युथ काँग्रेस गठन गर्न केन्द्रीय समिति बैठकमा प्रदीप पौडेलको प्रस्ताव