काठमाडौं। प्रधानमन्त्री केपी शर्माले ओलीले राष्ट्रिय योजना आयोगका नवनियुक्त पदाधिकारीहरूसँग भेट गरेका छन् । उनले सिंहदरबारमा आइतवार आयोजित मन्त्री र सचिवहरूसहितको बैठकमा छुट्टै भेट गरेका हुन् ।
मन्त्रिपरिषद् बिहीवार आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारीलाई नियुक्त गरेको थियो । अधिकारी यसअघि आयोगका सदस्य थिए ।आयोगका सदस्यहरूमा डा. आरपी बिच्छा, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गंगादत्त अवस्थी रहेका छन् ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उनीहरूबाट ब्रिफिङ सुनेर निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीसँग सबै मन्त्री, सचिव तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीको ‘ब्रिफिङ’ गरिरहेका छन् ।
बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै सचिव सहभागी छन् ।ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिँदै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो