काठमाडौँ । अफगानिस्तानले न्यूजील्याण्डसँग टेस्ट क्रिकेट खेल्ने भएको छ । अफगानिस्तान क्रिकेट बोर्डले आगामी सेप्टेम्बर ९ देखि १३ सम्म न्यूजील्याण्डविरुद्ध एक टेस्ट खेल खेल्ने जानकारी दिएको छ ।
यो खेल भारतको ग्रेटर नोयडा स्पोर्ट्स कम्प्लेक्स ग्राउण्डमा हुने बोर्डले जानकारी दिएको छ । २०१७ को जुनमा अफगानिस्तानले टेस्ट मान्यता पाएको थियो भने पहिलो खेल २०१८को जुनमा भारतविरुद्ध पहिलो टेस्ट खेलेको थियो ।
अहिलेसम्म अफगानिस्तानले ९ टेस्ट खेलेको छ भने ३ टेस्ट जितेको छ । अफगानिस्तानले अहिलेसम्म बंगलादेश, आयरल्याण्ड र जिम्बाबेलाई पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु