जनकपुरधाम। धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते भएका छन् । भंगहा-जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एक युवक गम्भीर घाइते भएका हुन् । जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेरका थिए । उनको दुवै खुट्टा काटिएको छ ।
रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् । जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो
भिरबाट लडेर एक युवकको मृत्यु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला