जनकपुरधाम। धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते भएका छन् । भंगहा-जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एक युवक गम्भीर घाइते भएका हुन् । जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेरका थिए । उनको दुवै खुट्टा काटिएको छ ।
रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् । जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन