त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका-२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।
बिहीबार साँझ भिरबाट लडेर गम्भीर घाइते भएका मल्लको प्राथमिक स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् जिल्ला अस्पताल पठाइएकामा निजलाई चिकित्सकले गए राति नै मृत घोषणा गरेका सूचना अधिकारी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ साउन २०८२, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु