ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई दाजुभाइको हत्या भएको छ । पाँचथर घर भई हाल इमाडोल बस्ने ३३ वर्षीय सुमीत नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
प्रहरीका अनुसार उनीहरूमाथि सञ्जीव नेपालीले हतियार प्रहार गरेका हुन् । हत्या गरी भाग्दै गरेको अवस्थामा प्रहरीले सञ्जीवसहित दुई जनालाई पक्राउ गरिसकेको छ ।
बुधबार साँझ नेम्बाङ दाजुभाइले कुनै नम्बरमा फोन गर्ने क्रममा झुक्किएर सञ्जीवको मोबाइलमा पुगेको थियो । उनीहरू एक–आपसमा अपरिचित हुन् । नचिनेको नम्बरबाट फोन आएपछि सुरुमा केहीबेर सामान्य कुराकानी भए पनि पछि सोही विषयलाई लिएर भनाभन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
फोनमै विवाद बढ्दै गएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए । इमाडोलबाट उनीहरू पाटन पुगेलगत्तै मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्न प्रयोग हुने हतियारले प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ चैत्र २०८२, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिरबाट लडेर एक युवकको मृत्यु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला