बैतडी । बैतडीको पाटन नगरपालिका–३ का एक युवकको जापानमा मृत्यु भएको छ । पढाईको लागि करिब ३ महिनाअघि मात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको मृत्यु भएको आफन्तले बताएका छन् ।
अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा ज्यान गएको आफन्तले बताएका छन् । लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले बिक्षिप्त बनेको छ ।
अहिले उनको शव त्यहाको एक अस्पतालमा राखिएको छ । अवस्थीको मृत्युले सबैलाई दुःखी तुल्याएको अवस्थामा शव व्यवस्थापन लगायतका विषयमा पनि निकै समस्या भएको छ । विद्यार्थी भिषामा जापान होमिएका अवस्थीको शव अहिले त्यहाको अस्पतालले दैनिक ठूलो धनराशी शुल्क लाग्नेगरी शव गृहमा राखेको छ । करिब ३५ हजार दैनिक शुल्क लिनेगरी अवस्थीको शव राखेको छ ।
आर्थिक अभावसँगै अन्य प्रक्रियागत सवालमा त्यहा रहेका आफन्तलाई निकै समस्या भइरहेको बताइएको छ । केही विद्यार्थी सहकर्मी र आफन्तहरु अहिले अस्पतालमा भौतारिएका छन् । उनिहरुले त्यहास्थित गैह्र आवासीय नेपाली संघ लगायत सहयोगी निकायहरुसँग आवश्यक सहयोगको अपिल गरेका छन् ।
जोखिम बहन गर्ने किसिमको बिमाको समेत व्यवस्थान नभएपछि त्यहाको कलेजले पनि शुल्क मिनाहा गरी सहयोग गर्नुपर्ने आफन्तहरुको माग रहेको छ । त्यसका लागि नेपालस्थित राजदुतावास लगायत सरोकारवाला निकायसँग सहयोगको अपिल पनि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन