काठमाडौँ । शौर्य एयरलाइसको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आर्टीफीकेशन प्रणालीबाट गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा आर्टीफीकेशन प्रणालीबाट शवको पोस्टमार्टम गर्न लागिएको छ ।
मृत्युको कारण थाहा भएपनि व्यक्ति पहिचानका लागी आर्टीफीकेशन र एन्जिमोटम प्रविधिको प्रयोग गरिन्छ । सो प्रविधिबाट सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव परीक्षण गरिने चिकित्सकहरूले बताएका छन् ।
दुर्घटनामा १७ जना पुरुष र एक जना महिलाको मृत्यु भएको छ । करिब १० वर्षीय बालकको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र ओमानका नागरिक आरिफ रेडा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इराकमा अमेरिकी सैन्य विमान दुर्घटना
सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन गर्न सुदन किराँतीको माग
रुसी विमान दुर्घटनामा ५० जनाको मृत्यु
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना