बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय, बुटवलमा बुधबार बिहान मुख्यमन्त्री आचार्यले शपथ लिएका हुन् ।
शपथलगत्तै मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, देउखुरी पुगेर पदभार ग्रहण गर्नेछन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेश प्रमुख शेरचनले अर्घाखाँचीबाट निर्वाचित आचार्यलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
८७ सदस्य प्रदेशसभामा सरकार गठनको लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ साउन २०८१, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलको शपथ आज
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेसको मुख्यमन्त्रीमा दाबी पेस गर्न अपराह्न ४ बजेसम्मको समय
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा