काठमाडौं । सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो ।
कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन । ११ : १४ मा २४६४ अंकमा झरेको बजार ११ : २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्यो । २ : २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन ।
अन्ततः बजार २४८८ अंकमा बन्द भयो, जुन अघिल्लो दिनको तुलनामा २.१५ अंक बढी हो । तीव्र उतारचढावका बीच बढेरै बजार बन्द भयो । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चियो । ११५ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रह्यो ।
बैंकिङ १७, विकास बैंक ३१, होटल तथा पर्यटन १४, माइक्रोफाइनान्स २८ र निर्जीवन बीमा समूह ८ अंक घटे । फाइनान्स २०, हाइड्रोपावर ५२, उत्पादन १६०, अन्य २६, व्यापार ६७ अंक बढे ।
प्रतिशतका आधारमा उत्पादन समूह सबैभन्दा धेरै २.१६ प्रतिशत बढ्यो भने बैंकिङ १.२३ प्रतिशत घट्यो । मुक्तिनाथ कृषि कम्पनीको १० प्रतिशत मूल्य बढ्यो । नेपाल फाइनान्सको ८.६, छ्याङदी हाइड्रोपावरको ७.९ तथा बलेफी हाइड्रोको ६.८ प्रतिशत बढ्यो ।
गणपति लघुवित्तको ९.९, सिक्लेस हाइड्रोपावरको ८.६, जनउत्थान सामुदायिक लघुवित्तको ३.९ प्रतिशत मूल्य घट्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से २८५८ अंकमा, १३ अर्ब ७ करोडको कारोबार
सेयर बजारमा गिरावट, पाँच कम्पनीमा सकारात्मक सर्किट
३ हजार अंक मुनि झर्यो सेयर बजार
सेयर बजार ४ वर्षयताकै उच्च विन्दुमा, परिसूचक ३ हजार माथि
२९६२ अंकमा झर्यो सेयर बजार
नेप्से परिसूचक १८ अङ्कले घट्दा साढे २६ अर्बको कारोबार