सुर्खेत । कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै माओवादी सरकारबाट बाहिरिएको हो । यहाँका ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका छन् ।
माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले राजीनामा दिएका हुन् । केसी आर्थिक मामिला तथा योजना, शाही सामाजिक विकास, परियार जलस्रोत तथा ऊर्जा र रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए ।
यी चारजना गत वैशाख १८ मा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा दश वर्षे कृषि रणनीति तयार पारिँदै
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’