कञ्चनपुर । कञ्चनपुरमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको चम्पावत जिल्ला मिनाबजार बनबासा घर भएका ३० वर्षीय चाँद कुरैसी र अर्का पुरुष छन्। उनको एक नाम, थर, वतन नखुलेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ।
चाँदले चलाएको यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका –४ सिँचाइ कार्यालय अगाडि पूर्व–पश्चिम राजमार्गमा छाडा चौपायासँग ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर चाँदलाई उपचारका लागि महाकाली अस्पताल पुर्याउँदा चिकित्सकले मृत भएको घोषणा गरेका हुन्।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका –४ चाँदनीस्थित पक्की सडकखण्डमा यूके ०६ बीएच ४८७५ नम्बरको मेटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको नाम, ठेगाना, वतन खुलेको छैन। सो घटना अर्का एक जना गम्भीर घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ साउन २०८१, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु