नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

सफल खबर संवाददाता

शनिबार, २७ असार २०८३, १२ : ००
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३)बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेकामा सो अवधिभित्र नवीकरण नगरेका ४४ वटा निर्माण व्यवसायीको इजाजत पत्र स्वतः खारेजी भएको सूचनामा उल्लेख गरिएको छ ।  

मन्त्रालयले सोही ऐनको दफा ७ को उपदफा ३ बमोजिम स्वतः खारेज भएको सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले सोही ऐनको दफा ७ ९४० प्रयोजनको लागि मन्त्रालयको सचिवस्तरको गत असार १७ गतेको निर्णयानुसार सूचना प्रकाशन गरेर जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस