अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन

सफल खबर संवाददाता

शनिबार, २७ असार २०८३, १२ : ११
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२–८३ मा राजश्व संकलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष सकिनु अगाडि असार २६ गतेसम्मको राजश्व संकलन वृद्धि भएको देखिएको हो । 

आर्थिक वर्ष २०८१–०८२ को असार २६ गतेसम्ममा लक्षको ७७.१५ प्रतिशत राजश्व संकलन भएको यो वर्ष भने राजश्व संकलन वृद्धि भएर करिव ८० प्रतिशत पुगेको छ । 

अघिल्लो वर्ष सरकारले १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्वको लक्ष्य लिएकोमा असार २६ सम्ममा ११ खर्ब ३५ अर्ब ३० करोड ३१ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस