चितवन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।
नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो ।
हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ । सिमलता दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक व्यारेजमा भेटिन थालेकोले सो क्षेत्रमा खोजी तिब्र पारिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ साउन २०८१, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते