एजेन्सी । गोली लागेर घाइते भएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था सामान्य रहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनको अनुहारमा लागेका चोटहरू त्यति गम्भीर नरहेको बताइएको छ । नेपाली समयअनुसार आइतवार बिहान भएको गोली प्रहारबाट ट्रम्पको अनुहारमा चोट लागेको छ । कानको भागमा रगत बढी आइरहेको तस्वीरमा देख्न सकिन्छ ।
अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्यालीमा उनीमाथि गोली प्रहार भएको हो ।गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । लडेका उनलाई गुप्तचरहरूले उठाएका थिए ।
ट्रम्पलाई उठाएर गाडीमा हालिएको थियो । अनि नजिकैको अस्पतालमा लगिएको थियो । गोली लागेर घाइते हुनका बाबजुद ट्रम्प मुठ्ठी उठाएर समर्थकको उत्साह भरिरहेका थिए ।
गोली प्रहारमा संग्लग्नको आशंका गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० असार २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त
ह्वाइट हाउसमा ट्रम्पले बाले दियो, मनाए दिपावली
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर