एजेन्सी । गोली लागेर घाइते भएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अवस्था सामान्य रहेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनको अनुहारमा लागेका चोटहरू त्यति गम्भीर नरहेको बताइएको छ । नेपाली समयअनुसार आइतवार बिहान भएको गोली प्रहारबाट ट्रम्पको अनुहारमा चोट लागेको छ । कानको भागमा रगत बढी आइरहेको तस्वीरमा देख्न सकिन्छ ।
अमेरिकाको पेन्सिल्वेनियामा भएको एक र्यालीमा उनीमाथि गोली प्रहार भएको हो ।गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । लडेका उनलाई गुप्तचरहरूले उठाएका थिए ।
ट्रम्पलाई उठाएर गाडीमा हालिएको थियो । अनि नजिकैको अस्पतालमा लगिएको थियो । गोली लागेर घाइते हुनका बाबजुद ट्रम्प मुठ्ठी उठाएर समर्थकको उत्साह भरिरहेका थिए ।
गोली प्रहारमा संग्लग्नको आशंका गरिएका एक पुरुष र अर्का एक सर्वसाधारणको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० असार २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्प हत्या योजनाबारे इजरायलको नयाँ सूचना
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'