एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक चुनावी र्यालीमा गोली चलेको छ । पेन्सीलभानियाको बटलरमा भएको र्यालीमा गोली चलेको हो ।
पूर्व राष्ट्रपति ट्रम्प मञ्चमा बोल्दै गर्दा ठुलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ । उनको कान र अनुहारमा रगत देखिएको बताइए पनि रिपब्लिकन पार्टीको चुनावी अभियानले उनी सुरक्षित भएको जनाएको छ ।
घटनास्थलमा एकजनाको शव भेटिएको जनाइएको छ । सो शव सम्भावित आक्रमणकारीको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३० असार २०८१, ०७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक