काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले शुक्रबारको बैठकमा सम्बोधनसहित प्रस्तुत गरेको उक्त प्रस्तावमा अहिले दलीय आधारमा छलफल प्रारम्भ भइरहेको छ ।
सभामुख देवराज घिमिरेले उक्त प्रस्तावको छलफलका लागि दुई घण्टा समय निर्धारण गरेका छन् ।छलफलपश्चात मत विभाजनका आधारमा मतदान हुनेछ ।तर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना न्यून छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १४ : २१
लेखकबाट थप