काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डमा माथिबाट खसेको डुङ्गाले लागेर बस चालकको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसका चालकको मृत्यु भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
लु २ ख ६५६६ नम्बरको बसका चालकलाई सत्रकिलोमा माथिबाट खसेको डुङ्गाले लागेको थियो । डुङ्गाले लागेर घाइते भएका चालक मेघनाथ विकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।
बस घटना स्थलमा नै रहेको र बसमा सवार यात्रुहरूलाई केहि नभएको सह सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणगढ–बुटवल सडक : सकियो दाउन्नेमा एकतर्फी ढलान
सडकमा विद्यार्थी संगठन , बालेन सरकारमाथि अधिनायकवादको आरोप
वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध
पाँच किलोमिटर सडक स्तरोन्नति गर्न आठवर्षपछि बजेट
तीन दिनपछि दाउन्ने सडक एकतर्फी खुल्यो
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला