काठमाडौं। जनमत पार्टीले राष्ट्रिय सचिव विशेश्वरप्रसाद (वीपी) साहसहित ७ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।
सचिव साहसँगै केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका सचिव कृष्णचन्द्र साह, अरविन्द सहनी, धिरज कामती, अनिताकुमारी यादव र दीपनारायण यादवलाई निलम्बन गरिएको सचिव अनिताकुमारी मण्डलले जानकारी दिइन् ।
पार्टीको नीति निर्देशन र विधानविपरीत अनुसाशनहिनता प्रदर्शन गरिएकाले उनीहरूलाई कारबाही गरिएको हो ।साथै पार्टीको कुनै कामकाजमा सहभागी नहुने गरी निलम्बन गरिएको सचिव मण्डलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ असार २०८१, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा