काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । सोमबार रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका मोदीले यस क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेटवार्ता गर्ने भएका छन् । यस क्रममा प्रधानमन्त्री मोदीले २२औं भारत-रुस वार्षिक सम्मेलनमा भाग लिनेछन्, जहाँ उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नेछन् ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्ने छन् । मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ किनभने ४१ वर्षपछि यहाँ भारतीय प्रधानमन्त्री आपुग्दैछन । तेस्रो पटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो र उनको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो ।
मोदीको रुस भ्रमण धेरै हिसाबले महत्वपूर्ण छ । एकातिर रुसको चीनसँग बढ्दो निकटता र अर्कोतिर रुस विरोधी मानिने सैन्य समूह नाटोको बैठक चलिरहेका बेला मोदीको रुस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २४ असार २०८१, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोदीले पुटिनलाई दिए जन्मदिनको शुभकामना
गाजामा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई मोदीले गरे स्वागत
प्रधानमन्त्री कार्की र मोदीबीच फोन संवाद, नेपालकाे शान्ति तथा स्थायित्वमा भारतले सघाउने
भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई
नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी
मोदी-जिनपिङबीच ५० मिनेट भेटवार्ता