काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छैठौं पटक प्रधानमन्त्री बन्ने परिदृष्य देखापरेको बताएका छन् । आज (शनिबार) राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘शेरबहादुरजी प्रधानमन्त्री पटक–पटक हुनुभयो । म सात पटक प्रधानमन्त्री हुन्छु भन्नुभएको छ । छ पटक हुने त अगाडि परिदृष्य देखिइसक्यो,’– उनले भने साथै, नेता रावलले ९४ करोड सहकारीको रकम ठगीको आरोप लागेको रवि लामिछानेलाई देशको गृहमन्त्री बनाइएको भन्दै उनले आपत्ति जनाए । उनले यसको जवाफ राजनेता भनिएकाहरुले दिनुपर्ने बताए । गृहमन्त्री रवि लामिछानेको नाममा कतै उजुरी परेको फेला परेन भनेर महान्यायाधिवक्ताको कार्यालयले चिठी लेखेको उनले बताए । दुईवटा नागरिकता, दुईवटा राहदानी र ठगी आरोप रहेका लामिछानेलाई गृहमन्त्री बनाउने नेताहरु उत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
नेपालको संविधानमा सहकारीलाई अर्थतन्त्रको तीन खम्बामा समावेश गरिएको स्मरण गराउँदै उनले एउटा खम्बालाई मक्काउने काम नेपालको ठूला नेताहरुले गरेको उनको आरोप छ । नेपाली राजनीतिको विकृति र चरम सत्ता स्वार्थसँग सहकारीको विकृति जोडिएको उनको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदनलाई भीम रावलले भने: ‘ढाकछोप प्रतिवेदन’
नेपालको अदालतमा भारतीयले बहस गर्न पाउने प्रावधान रह्यो कि हट्यो ? : भीम रावल
भीम रावलको ओली प्रति कटाक्ष : सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?
भीम रावलको टिप्पणी: टिके चलनको निकृष्ट नमुना
भीम रावललाई साथ दिने एमाले नेता निष्काशित
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै