काठमाडौं । निरन्तर वर्षा भइरहेका कारण आज (शनिबार) देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज देशका ७ जिल्ला बाढीको उच्च जोखिममा देखिएका छन्। बाढी महाशाखाले भनेको छ, ‘आज पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको उच्च जोखिम छ।’
यसैगरी आज राजधानी रहेको काठमाडौँसमेत ४२ जिल्ला बाढीको मध्यम जोखिममा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, पाँचथर, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी (बर्दघाटन सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, बझाङ, बाजुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो।
अन्त्यमा महाशाखाले भनेको छ, ‘साथै देशभरका अधिकांश नदीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असार २०८१, ०९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेक्सस बाढी: मृतकको संख्या १२० पुग्यो
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
बाढीले उपल्लो मुस्ताङमा ४ वटा पुल बगायो, २ पुलमा क्षति
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
नारायणी किनारमा बाढीको जोखिम छ,सचेत रहनु: चितवन प्रशासन
टेक्सासमा बाढीका कारण मर्नेको संख्या १०० नाघ्यो, ३० भन्दा बढी बेपत्ता