तेहरान । इरानमा शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा भएको मतदानपछि मतगणनाको रुझान आइरहेको छ जसमा अहिले सुधारवादी नेता भनिने मसुद पेजेस्कियानले अग्रता लिइरहेको देखिन्छ । पेजेस्कियानले अहिलेसम्म अग्रता बनाउँदै सइद जलिलीभन्दा १० लाख मतले अगाडि छन् ।
हिजो भएको मतदानमा रेकर्ड गिरावट देखिएको थियो । यसले इरानको सरकारी प्रणालीको वैधतामा गिरावट आएको संकेत गर्ने विज्ञहरु बताउँछन् ।इरानको चुनावमा उम्मेदवार रहेका चार जना उम्मेदवारलाई अल्ट्रा-कन्जरभेटिभ गार्डियन काउन्सिलले चयन गरेको थियो। यो परिषद् सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले तय गरेका थिए।
६९ वर्षीय मसुद पेजेस्कियान सुधारवादी भएकाले चुनाव लड्नु ठूलो निर्णय भएको बताइएको छ । उनी पूर्व मुटु शल्यचिकित्सक हुन् भने स्वास्थ्यमन्त्री भइसकेका छन् ।उनले इरानमा महिलाको कडा ड्रेस कोडमा इरानको मोरालिटी पुलिसको कारबाहीलाई अनैतिक भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ असार २०८१, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर
इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु
इरानसँग बेल्जियमको गोलरहित बराबरी
न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुंगियो
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी