काठमाडौ । संघ, प्रदेश र स्थानीय तहमा गरी स्थायी सरकार हाँक्ने कुल कर्मचारी संख्या हाल ८५ हजार ५ सय २९ जना छन्।
जसमध्ये सबैभन्दा बढी स्थानीय तहमा ३२ हजार ८ सय ८ जना रहेका छन् भने संघमा ४१ हजार ५ सय ६३ र प्रदेशमा ११ हजार १ सय ३८ जना रहेका छन् । निजामती सेवामा विभिन्न सेवा समूहका कर्मचारी रहेका हुन्छन् ।
राष्ट्रिय किताबखानाका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कुल कर्मचारी दरबन्दी भने १ लाख ३९ हजार २ सय २२ रहेको छ।
तीनवटै तहमा दरबन्दीभन्दा न्यून कर्मचारी रहेको किताबखानाले जनाएको छ। सरकारले समयमा नै कर्मचारी पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा तीनवटै तहमा दरबन्दीअनुसारका कर्मचारी रहन सकेका छैनन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १४ असार २०८१, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ