काठमाडौं। चीनमा लगेर नेपाली युवती बेचनबिखन गरेको आरोपमा प्रहरीले उदयपुरको त्रियुगाकी सुन्दरी राईलाई पक्राउ गरेको छ । राईले समाजिक सञ्जालमार्फत चिनजान भएकी एक युवतीलाई चिनियाँ नागरिकसँग विवाह गरेर चीन गए राम्रो हुने आश्वासन दिएकी थिइन् ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार राईले ठमेलमा बोलाएर युवतीलाई चिनियाँ केटासँग भेटाएकी थिइन् ।
राईकै योजनाअनुसार गत फागुन १० गते युवती चीन पुगिन् । चीनमा युवती पुर्याएपछि राईले उनलाई एक लाख ५० हजारमा बिक्री गरेर फर्किइन् ।
पीडितले ब्युरोमा बताएअनुसार चिनियाँ केटाले उनलाई मानसिकसँगै शारीरिक यातना पनि दिएका थिए । आफूमाथि पटक–पटक यौनशोषण भएपछि पीडित युवतीलाई चीनस्थित नेपाली राजदूतावासको समन्वयमा यही असार ९ गते नेपाल उद्दार गरिएको जानकारी एसपी मिश्रले दिए ।
युवतीकै जाहेरीका आधारमा आरोपी राईलाई पक्राउ गरेर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ असार २०८१, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ