विराटनगर। मोरङको केराबारीमा बाढीले बगाएर १ जनाको मृत्यु भएको छ ।केराबारी गाउँपालिका-४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा ११ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
चित्रबहादुर राईका ११ वर्षीय छोरा श्यामलाई मंगलबार बिहान साथीहरूसँग स्कूल जाने क्रममा बाढीले बगाएको थियो ।
खोज तलासको क्रममा बुधबार दिउँसो खोला किनारमा उनको शव फेला परेको हो ।उनीसँगै विद्यालय जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना, १२ वर्षीय प्रवीण राई र १२ वर्षीय अर्पन लिम्बूलाई पनि खोलाले बगाएको थियो ।
तर उनीहरूलाई स्थानीय र प्रहरीको सहयोगमा सकुशल उद्धार गरेर आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ असार २०८१, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु