काठमाडौँ । झापा र बर्दिया जिल्लामा लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको गौरिगञ्ज गाउँपालिका-१ कुञ्जिबारीस्थित सडकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्रामसहित सकमल गाउँपालिका-१ बस्ने ३० वर्षीय उद्धव भट्टराईसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी उनीहरूलाई पक्राउ गरेको हो ।
यता बर्दियाको बारबर्दिया नगरपालिका-३ लक्ष्मणपुरबाट अवैध लागु औषध जस्तो देखिने खैरो पदार्थ १० ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ९ सय ६० रुपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उमेश खत्री र उनकै श्रीमती २५ वर्षीया अनिता खत्री रहेका छन् ।
लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त प्रहरीले खत्रीको घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ