काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएको छ ।एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
एनसेल एपको होम स्क्रिनमा गएर एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ ।एसईईको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ ।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण
एसईई ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक
एसईईको मौका परीक्षा २९ साउनदेखि
एसईई नतिजा सकेसम्म आजै प्रकाशित हुन्छ : बोर्ड अध्यक्ष शर्मा
एसईई नतिजा प्रकाशनको तयारीमा बोर्ड, बोलाइयो बैठक