काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएको छ ।एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
एनसेल एपको होम स्क्रिनमा गएर एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ ।एसईईको नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ ।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ असार २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद