काठमाडौं । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३.२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार २०६६.१६ विन्दुमा बन्द भएको छ ।
यसदिन पाँच अर्ब सात करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यो मूल्यमा एक करोड सात लाख सात हजार ८७८ कित्ता सेयर किनबेच भएको छ । १४२ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ ।
नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक गुमाउनेमा बुद्धभूमि लघुवित्तको सेयर मूल्य ७.०१ प्रतिशतले घटेको छ । १३ उपसमूहमध्ये ६ वटाको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार