बनियानी । झापाको बिर्तामोड-शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएको छ ।
पहिलो चरणमा अर्जुनधारा- ६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए ।
‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन-चार दिनभित्र काम सकिन्छ ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ । कालोपत्रको मोटाइ ४० सेन्टी मिटर रहने उनले बताए ।
सडक निर्माणमा ढिलाइ भएको जनाउँदै तीन महिनाअघिदेखि स्थानीयवासीले सडक अवरुद्ध गर्दै आएका थिए । सडक निर्माण सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् ।
‘सञ्चालन निर्वाचन रणनीतिक सडक’ शीर्षकअन्तर्गत सडक कालोपत्रसुरु भएको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङले जानकारी दिए । ‘सडक कालोपत्र नहुँदा स्थानीयलाई निक्कै समस्या भएको थियो,’ उनले भने, ‘सरोकारवाला सबैको संयुक्त पहलकदमीबाट कालोपत्र सुरु भएको हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण
कञ्चनपुरको मोहना नदी-दैजी सडकको ठेक्का तोडियो
मोरङको रतुवा—केशलिया सडक निर्माणको ठेक्का तोडियो
नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो