भानुमाविमा समाजसेजी र वुद्धिजिविको भेला

सफल खबर संवाददाता

शनिबार, १३ असोज २०७५, १८ : ०५
भानुमाविमा समाजसेजी र वुद्धिजिविको भेला

चितनवन । आदिकवि भानुभक्क्त माध्यामिक विद्यालय नारायणगढले स्वर्ण महोत्सवको अवसरमा स्थानिय समाजसेवी र वुद्धिजिविबीचमा भेलाको आयोजना गरेको छ । 
विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको बारेमा कुराकानी गर्दैै सहभागिहरुले स्वर्ण महोत्सवलाई सफल बनाउनका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । 

भेलामा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले स्वर्ण महोत्वकै अवसर पारेर विद्यालयले सिभिल इन्जिनियरिङगको पढाइ सुरुवात गरेको बताउनु भयो । १६ सय विद्यार्थी अध्ययनरत विद्यालयमा डिटिलज बोर्ड देखि सिसि क्यामरा जडान गरी आधुनिक प्रविधिमा पठन पाठन सुरु गरेको भन्दै अध्यक्ष अधिकरीले विद्यालयले स्वर्ण महोत्वमा स्थानिय समाजसेवी र वुद्धिजिवीबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनु भएको छ । 
विद्यालयका प्राचार्य विष्णु सापकोटाले विद्यालयको भौतिक, सामाजिक र शैक्षिक अवस्थाका बारेमा वुद्धिजिवीहरुलाई जानकारी गराउँदै विद्यालय गुणस्तरीय शिक्षाका लागि लागिपरेको बताउनु भयो । 

कार्यक्रममा बोल्दै वडा नम्वर दुईका वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले आफ्नै गाउँ ठाउँमा हुर्केको विद्यालयले स्वर्ण महोत्वस मनाउनु सबै स्थानियका लागि गर्वको कुरा भएको भन्दै वडाले आर्थिक सहयोग गर्ने बताउनु भएको छ । भेलामा समाजसेवी शैलेन्द्र कुमार पिया, नवराज ढकाल, टेकलाल विश्वकर्मा, लक्ष्मण काफ्ले रेखा गुरुङ्ग, दयामुक्ति पोख्रेल, खेमानन्द पौडेल लगायतले स्वर्ण महोत्वको सफलताको शुभकामना दिँदै विद्यालयलाई आर्थिक सहयोग समेत गर्नु भएको छ । 
 

प्रतिक्रिया दिनुहोस