काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कवाड व्यवसायीमाथि लाठी प्रहार भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक नागरिक हक हनन भएको भन्दै उनले कवाड व्यवसायीमाथि लाठी प्रहारबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्म्कि समय लिएर बोल्दै उनले लाठी चार्जम संलग्न प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे। ‘म गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूण रुपमा जुलुस गर्ने हकको प्रयोग हुन्छ कि हुँदैन ? गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ’ उनले भने ।
आफूहरुले निर्वाध व्यावसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार कवाड व्यवसायीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको र त्यसक्रममा कैयौं घाइते भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन बनाउँदा उड्ने नभई धर्तीलाई सुहाउँदो बनाउनुपर्छ : प्रभु साह
प्रभु साहले निजामती विधेयकलाई ‘गरिबमारा’ भन्दै रोष्ट्रमबाटै च्याते
प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन : प्रभु साह
आरजु राणालाई प्रभु साहको प्रश्न- कति नेपालीले विदेशको नागरिकता लिए ?
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
प्रभु साहको दाबी ‘बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भए’