काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले कवाड व्यवसायीमाथि लाठी प्रहार भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक नागरिक हक हनन भएको भन्दै उनले कवाड व्यवसायीमाथि लाठी प्रहारबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्म्कि समय लिएर बोल्दै उनले लाठी चार्जम संलग्न प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे। ‘म गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूण रुपमा जुलुस गर्ने हकको प्रयोग हुन्छ कि हुँदैन ? गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ’ उनले भने ।
आफूहरुले निर्वाध व्यावसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार कवाड व्यवसायीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको र त्यसक्रममा कैयौं घाइते भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह